आजको मौसम : गण्डकी र कर्णाली प्रदेशमा हल्का हिमपातको सम्भावना

news-details

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरको मौसम मुख्यतया सफा रहनेछ भने गण्डकी र कर्णाली प्रदेशका हल्का हिमपात हुने सम्भावना छ ।

महाशाखाका अनुसार हाल तराईका थोरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ । बाँकी भूभागको मौसम सफा रहेको छ ।

आज दिउँसो लुम्बिनी,सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

बुधबार राती गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *