राष्ट्र बैंकले प्रकाशित गरेको मुलुकको आर्थिक प्रतिवेदन अनुसार चालु आर्थिक वर्ष २०८०-८१ को छ महिनामा सात खर्ब ३३ अर्ब २२ करोड रुपैयाँ रेमिटयान्स भित्रिएको छ।
गत वर्षको यही अवधिमा पाँच खर्ब ८५ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएकोमा चालु आर्थिक वर्षको पहिलो ६ महिनामा भित्रिएको यो रेमिट्यान्स रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २५.३ प्रतिशत बढी हो ।
यो छ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्यामा भने कमी आएको छ । छ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या १८ प्रतिशतले घटेको छ।
यो ६ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ७ हजार ९७० र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ३५ हजार ४३५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ७५ हजार ६४३ र १ लाख ४२ हजार ५४८ रहेको थियो ।








