सुन्धारास्थित धराहरामा पार्किङ गराउने महानगरको प्रयासमा अवरोध भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले निर्माण पूरा नभइकन पार्किङ गराउने नमिल्ने पत्राचार आएको भन्दै सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका छन ।

उनले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै सो पार्किङ भाडामा लगाउने प्रयास भएको तर आफूले नदिने जनाएका छन ।

उनले सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष असर गर्ने र शहरको व्यवस्थापनमा प्रभाव पार्ने कुराहरूसँग ख्याल ठट्टा नगर्न भनेका छन । उनले सो स्थानमा अहिलेको निःशुल्क पार्किङ बन्द नरहेको र बन्द नहुने पनि जानकारी गराए ।

‘सो स्थानमा पार्किङ बन्द छैन् र बन्द हुने छैन् महानगरको पहलमा अहिलेको लागि निःशुल्क सञ्चालन हुँदै छ, अझै व्यवस्थापन गर्दै लग्नेछौ । अहिले धेरैको नजर यहाँ को पार्किङको ठेक्का लिएर नेपाल सरकारको सम्पत्तिमाथि रजाइ गर्ने मनसाय देखिएको छ । हामी काठमाडौं महानगरमा रहुन्जेल कसैको निजि स्वार्थको लागि सार्वजनिक सम्पत्ति प्रयोग हुन दिने छैनौँ’ मेयर शाहले भनेका छन ।