बाँसबारी जुक्ता कारखानाको जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरूण चौधरी र छालाजुत्ता कारखानाका तत्कालीन सञ्चालक अजितमानसिंह थापालाई ग्राण्डी अस्पताल लगिएको छ।

हिजो पक्राउ परेका उनीहरूलाई जिल्ला अदालतले चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएकामा स्वास्थ्यमा समस्या देखाउँदै दुवैजनालाई चिरायु अस्पताल भर्ना गरिएको थियो ।

फेरि आज उनीहरूलाई ग्राण्डी अस्पताल रिफर गरिएको हो । ८२ वर्षका थापालाई मुटुको समस्या छ भने चौधरी उच्च रक्तचाप देखाउँदै अस्पताल भर्ना भएका हुन ।