ललितपुरमा एक जर्मन महिला मृत फेला परेकी छिन ।

ललितपुर महानगरपालिका–१६, नागबहालमा ५२ वर्षीया जर्मन महिला एडि इल एचइडी आज मृत फेला परेकी हुन ।

उनी एक वर्षदेखि ललितपुरको ग्रिन तारा हेरिटेज होम एण्ड अपार्टमेन्टमा बस्दै आएकी थिइन । उनको टाउकोमा चोट देखिएकाले हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।