निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रियसभा निर्वाचनको परिणामसहितको प्रतिवेदन पेस गरेको छ।
आइतबार आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति भवनमा पुगेर राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम राष्ट्रियसभा सदस्य निर्वाचन, २०८० को निर्वाचन परिणाम सहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएका राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।
रिक्त रहेका १९ सिटका लागि माघ ११ गते सातवटै प्रदेशमा राष्ट्रियसभा निर्वाचन सम्पन्न भएको थियो।








