सर्लाहीको बरहथवा तनावग्रस्त, प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु
- पुस २०, २०८०
- 0
सर्लाहीको बरहथवा नगरपालिकामा अस्पतालको स्तरोन्नति गर्नेरनगर्ने विषयमा विवाद चर्केपछि अवस्था तनावग्रस्त बनेको छ ।
बरहथवा नगरपालिकाकी प्रमुख कल्पनाकुमारी कटुवालविरुद्ध आन्दोलनरत समूह तोडफोड र आगजनीमा उत्रेपछि अवस्था तनावग्रस्त बनेको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएपछि एक जनाको मृत्यु भएको छ ।
प्रहरीको गोली लागेर बरहथवा नगरपालिका ५ का जयशंकर शाहको मृत्यु भएको बताइएको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको जानकारी प्राप्त भएको बताए ।
उनका अनुसार आन्दोलनकारीले नगरप्रमुखको घरमा तोडफोड र एउटा चारपाङ्ग्रे गाडी जलाएका छन् । अहिले त्यहांको अबस्था तनावग्रस्त छ । प्रहरी स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।
0 प्रतिक्रिया
नेपाललाई ९ अर्ब अनुदान दिने चिनियाँ राष्ट्रपति सी जिनपिङको घोषणा
चीनले नेपाललाई करिब ९ अर्ब रुपैयाँ अनुदान सहयोग दिने भएको छ । प्रधानमन्त्री कपी शर्मा ओलीको चीन भ्रमणका क्रममा चिनियाँ […]
एडीबी-नेपालबीच पाँच दशक लामो साझेदारीको अवसरमा साताव्यापी फोटो प्रदर्शनी
नेपाल सरकार र एशियाली विकास बैंक (ADB) बीच ऊर्जा क्षेत्रको विकासमा भएको पाँच दशक लामो साझेदारीको अवसरमा आयोजित साताव्यापी फोटो […]
राष्ट्रपति समक्ष मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेश
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानवअधिकार आयोगले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति भवन शितलनिवासमा मङ्गलबार […]
एनपीएल : चितवनको लगातार दोस्रो जित, पोखरालाई ८७ रनले हरायो
नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आजको दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई पराजित गरेको छ । चितवन राइनोज ८७ रनले […]
उपनिर्वाचनलाई आगामी बाटो र दृष्टिकोण स्पष्ट गर्ने अवसरको रुपमा लिएका छौं : अध्यक्ष प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह उपनिर्वाचन २०८१ मा पार्टीलाई अमूल्य मतदान दिने सम्पूर्ण मतदाताहरुप्रति हार्दिक […]