डा.रोशन श्रेष्ठले पाए एक लाख डलरको ‘विल गेट्स सिनियर अवार्ड’

news-details

वातावरण तथा सरसफाइ अभियन्ता डा. रोशनराज श्रेष्ठ प्रतिष्ठित अन्तर्राष्ट्रिय ‘विल गेट्स सिनियर अवार्ड २०२३’ बाट सम्मानित भएका छन् ।

विल एण्ड मेलिण्डा गेट्स फाउन्डेसनका संसारभर रहेका ३ हजारभन्दा बढि कर्मचारी मध्ये श्रेष्ठ सर्वोत्कृष्ट घोषित भएका हुन् । ३ हजारबाट २५ जना उत्कृष्ट छनौट भएकोमा श्रेष्ठलाई त्यसमध्ये पनि सर्वोत्कृष्ट घोषित भएका हुन् ।

अमेरिकामा आयोजित विशेष कार्यक्रममा फाउन्डेसनका संस्थापक विल गेट्सले सो अवार्डको घोषणा गरे । १ लाख डलर ( करीब १ करोड ३२ लाख रुपैया) राशीको अवार्ड डा. श्रेष्ठलाई प्रदान गरिएको छ ।

अहिले खानेपानी र सरसफाइ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा अफ्रिकाको रुवाण्डामा रहेका श्रेष्ठले भर्चुअल माध्यम मार्फत सम्मान ग्रहण कार्यक्रममा सहभागिता जनाएका थिए ।

वातावरण, सरसफाइ तथा जनस्वास्थ्यमा डा. श्रेष्ठको ३५ बर्ष भन्दा लामो अनुभव छ । सन् १९९० ताका वातावरण तथा जनस्वास्थ्य संस्था (एन्फो) स्थापना गरेर कार्यकारी निर्देशकको रुपमा काम गरेका श्रेष्ठले सन् २००५ मा संयुक्त राष्ट्रसंघ मार्फत विभिन्न देशमा काम गरे । सन् २०१२ देखि हालसम्म डा. श्रेष्ठ विल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनमा डेपुटी डाइरेक्टरको रुपमा कार्यरत रहेका छन् ।

विल एण्ड मेलिण्डा गेट्स फाउन्डेसन विश्वकै धनाड्य विल गेट्सले स्थापना गरेको परोपकारी संस्था हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *