श्रम गन्तव्य देशका राजदुत र नियोग प्रमुखहरु काठमाडौं, प्रधानमन्त्रीसहितको दुई दिवसीय बैठक शुरु

news-details

प्रधानमन्त्री पुष्पकमल दाहालले श्रम गन्तव्यलाई सुरक्षित बनाउन र मानव तस्करीलाई रोक्न नेपालका श्रम गन्तव्य देशका राजदुत र नियोग प्रमुखलाई काठमाडौं बोलाएर छलफल शुरु गरेका छन् ।

प्रधानमन्त्रीले विदेशस्थित नेपाली दुतावास तथा कुटनैतिक नियोगका प्रतिनिधिहरुलाई काठमाडौं बोलाई दुई दिवसीय बैठक आयोजना गरेर पहिलो पटक छलफल शुरु गरेका हुन् ।

बैठकको अध्यक्षता स्वयं प्रधानमन्त्री गरिरहेका छन् । श्रम आप्रवासनका सवालहरु र कुटनैतिक नियोगको भुमिकाका विषयमा बैठकमा छलफल हुने जनाइएको छ ।


वैदेशिक श्रम स्वीकृतिदेखि कार्यस्थलसम्म नेपाली श्रमिकले भोगेका समस्या र त्यसको समाधानको उपाय निकाल्ने र निष्कर्षलाई निर्णयमा बदल्ने काम बैठकले गर्ने जनाइएको छ।

बैठकमा विभिन्न माध्यम र रूपमा भइरहेको मानव तस्करीलाई कसरी रोक्ने र श्रम गन्तव्यलाई कसरी सुरक्षित बनाउने भन्नेमा छलफल केन्द्रीत हुने छलफलमा उपप्रधान तथा रक्षा मन्त्री पुर्णबहादुर खड्का, श्रम तथा रोजगार मन्त्री शरतसिंह भण्डारी र परराष्ट्र मन्त्री एनपी साउँदसहित मन्त्रालयका सचिव तथा सरकारी उच्च पदाधिकारीको सक्रिय सहभागिता रहेको छ ।

बैठकले सुरक्षित श्रम गन्तव्यको लागि आवश्यक कानुनी र संरचनात्मक सुधारको बाटो पहिल्याउने यसप्रकारको बैठक नेपालमा प्रधानमन्त्रीको पहलमा पहिलो पटक भएको हो । बैठक दुई दिनसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा चल्नेछ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *