नेपाल चिकित्सक संघ र सरकारबीच ६ बुँदे सहमति, आन्दोलन स्थगित

news-details

नेपाल चिकित्सक संघ र सरकारबीच ६ बुँदे सहमति पछि चिकित्सकहरुले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन्। ट्रमा सेन्टरका अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहमाथि प्रहरीले कुटपिट गरेको विरोधमा चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा नदिने घोषणा गरेका थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आइतबार भएको वार्तामा ६ बुँदे सहमतिपछि आन्दोलनका कार्यक्रम स्थगित भएको हो।

माघ २७ गते राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा ट्रमा सेन्टरका एक चिकित्सकलाई सुरक्षाकर्मीले लाठी प्रहार गरेर घाइते बनाएको थियो। त्यसकै विरोधमा आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेका सबै सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका छन्।

वार्तामा चिकित्सक कुटिएको घटनाको समग्र पक्षमा एक हप्ताभित्र छानबिन सम्पन्न गरी दोषीलाई कारबाही गर्ने, घाइते चिकित्सकको उपचारको व्यवस्था सरकारले गर्ने, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षा व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्ने र चिकित्सक संघले आन्दोलन स्थगित गर्ने सहमति भएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *