अवैधरुपमा ब्रुनाई लैजान अन्तर्वार्ता लिइरहदा विभागको छापा (भिडियोसहित)

news-details

नेपाली युवाहरु ब्रुनाईको आर्मीमा लैजानका लागि अन्तर्वार्ता लिइरहेको अवस्थामा वैदेशिक रोजगार विभागले छापा मारेको छ ।

काठमाडौं बुढानिलकण्ड इटाली चोकको कान्तिपुर फुडल्याण्डमा अन्तर्वार्ता लिइरहेको अवस्थामा विभागले छापा मारेको हो । पुर्व ब्रिटिस आर्मी तथा ब्रुनाईमा कार्यरत योगेश्वर थापा र अर्का एक व्यक्तिले ब्रुनाई आर्मीका लागि ५० जनाभन्दा बढि लैजानका लागि अन्तर्वार्ता लिइरहेका थिए ।

विदेश लैजानका लागि कुनै इजाजत नलिइ अवैधरुपमा अन्तर्वार्ता लिएको हुँदा विभागले हस्तक्षेप गरेको हो । प्रत्येक दिन नेपाल तथा इन्डियाका पूर्व आर्मीहरुको थापाले अन्तर्वार्ता लिने गरेको सुचनाका आधारमा विभागले छापा मारेको हो ।

वैदेशिक रोजगार विभागका शाखा अधिकृत शम्भु कटुवाल र धर्मराज लम्सालको टोलीले कुनै इजाजत विना नै विदेश लैजाने कार्यमा अन्तर्वार्ता लिइरहेको अवस्थामा छापा मारेर पक्राउ गरेको छ । अन्तर्वार्ता दिन आएकाहरुले आफुहरुले कुनै पैसा नतिरेको र राम्रो अवसर आएको हुँदा विभागले हस्तक्षेप गर्न नहुने बताएका छन् ।  अहिले विभागले अनुसन्धान गरिरहेको छ ।

छापा मारेको लाइभ भिडियो :

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *