दुई बर्षदेखि बुटवलको अस्पतालमा उपचारार्थ रानाको सहयोगको अपील

सहयोगका लागि श्रीमतिको ९८६११८९३४२ मा सम्पर्क गर्न अनुरोध
news-details

बुटवलको एक अस्पतालमा दुई बर्षदेखि उपचारार्थ सुनवल ४ बेलारीका भुलबहादुर रानाले थप उपचारका लागि आर्थिक अभाव भएपछि सहयोगका लागि अपील गरेका छन् ।

तिनाउ इन्टरनेशनल अस्पताल बुटवलको शैयामा रहेका रानाको उपचारका लागि आर्थिक अभाव हुँदा सहयोगका लागि याचना गरेका हुन् । २०७७ साल बैशाखमा घाँस काट्न जाँदा रुखबाट लडेर घाइते भएका राना अझै स्वस्थ्य बन्न सकेका छैनन् ।

अस्पतालको शैयामा रानालाई निकै भावुक र पीडादायी अवस्थामा भेटेका एनआरएनए ओमानका पूर्वअध्यक्ष टिकाराम ढकालले सहयोगी मनहरुलाई आर्थिक सहयोग गर्नका लागि अनुरोध गरेका छन् । ‘मैले अस्पतालमा निकै दयनीय अवस्थामा राना र उनको परिवारलाई भेटे, उपचारका लागि आर्थिक अभाव रहेछ, काम गर्ने मानिस नै अस्पताल पर्दा परिवारमा निकै ठूलो समस्या रहेछ’ अवस्था बुझेका ढकालले भने ।

बिरामी रानाको शरिर चलाउन नमिल्ने र उपचारका लागि अझ धेरै पैसा आवश्यक भएको हुँदा परिवार पनि चिन्तामा परेको छ । विरामी रानाकी श्रीमति क्षमाकुमारी राना भन्छिन्–‘बालबच्चाको हेरचाह र श्रीमानको उपचारका लागि भएको सबै पैसा सकियो, कमाउने कोही छैन, हामीलाई त भाग्यले नै सजाय दिइरहेको छ ।’ उनी भावुक हुँदै भन्छिन्–‘ अव कसरी बाँच्नु होला, हामी त अन्योलमा छौ ।’

रानाका २ जना छोरा र एक छोरी रहेकी छिन् । छोरा अहिले ११ बर्षको भएकाले उनको पढाइमा बाधा पुगेको श्रीमति क्षमाकुमारीको भनाई छ । रानाको सहयोगका लागि उनको श्रीमति क्षमाकुमारी रानालाई ९८६११८९३४२ मा सम्पर्क गर्न सकिने छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *