आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति नजिकिदै जाँदा नेपालभर चुनावी सरगर्मी बढेको छ । यही निर्वाचनका लागि मोरङ क्षेत्र न.२ प्रदेशसभा सदस्य ‘क’का उम्मेदवार डिबी कार्की आफ्ना आफ्ना भिजन र कार्यशैलीले मतदातको मन जितिरहनु भएको छ ।

नेकपा एमाले पार्टीले मोरङ जिल्लाबाट प्रदेश सभा सदस्यमा कार्कीलाई उम्मेदवार बनाएको भएता पनि उहाँले आफ्नो क्षेत्रका सबै मतदाताको मन जितिरहनु भएको छ । जनताको मनोभावाना बुझ्न सक्ने अनुभवी र शिक्षित नेताकारुपमा चिनिउनु भएका कार्की कुनै राजनैतिक दलको उम्मेदवारभन्दा पनि सबैको साझा जस्तै बन्नु भएको छ ।

सामाजिक, राजनीतिक र व्यवसायिक सफलता हात पारिसक्नु भएका कार्की आफ्नो सफलतालाई अवको बाँकी समयमा राजनीतिमार्फत आम जनतामा सर्मपित गर्न चाहेको बताउनु हुन्छ । ‘जनताको सेवामा नै मेरो जीवनको बाँकी समय खर्चनेछु’ कार्कीले बताउनु भएको छ ।

मोरङ २ प्रदेशसभा ‘क’ का जनताको घरघरमा पुगिरहनु भएका कार्की स्थानीय मतदाताको आर्शिवाद र अपेक्षा थापेर आगामी रणनीति कोर्ने अभियानमा हुनुहुन्छ ।

‘जिल्लामा डिबी कार्कीजस्तो सामाजिक नेतालाई जिताउनु पर्छ’ स्थानीय ६० बर्षिय मतदाता भन्छन्–‘आफै आर्थिकरुपमा सफल भएका कार्कीले भोलि जनताका पक्षमा काम गर्नेछन्, उनलाई भ्रष्टाचार गर्न आवश्यक नै हुँदैन ।’

समग्र मोरङको विकास, शिक्षा, स्वास्थ्य रोजगार पुर्वाधार कृषि पर्यटन र सुसासनका साथै नयाँ मोडलका रुपमा विकास गरेर लैजाने कार्कीको योजना छ । ‘भ्रष्टाचारमुक्त राजनीती र समाज सेवा’ भन्ने मुलनारा लिएर मैदानमा उत्रनु भएका कार्कीले गाउँ गाउँमा शहरको बिकास ल्याउने प्रतिवद्धता जनाउनु भएको छ ।

मोरङ प्रदेशसभा सदस्यका उम्मेदवार डिबी कार्की मतदाताको मन जित्दै

कार्कीले आफ्नो प्रतिवद्धतामा रतुवामाई र सुनबर्षी नगरपालिकालाई नमुनाको बस्ती र शहरीकरण सहितको सुबिधा उपलब्ध गराउने प्रतिवद्धता जनतासामु राख्नु भएको छ ।

रतुवामाई र बक्राहा नदीको तटबन्धमा पीचरोड सहितको नदी कोरिडोर बनाउने, त्यसैगरी रतुवामाईको किनार बक्रहा खोलामा सदगत गर्ने सुबिधा सम्पन्न घाटको निर्माण गर्ने प्रतिवद्धता कार्कीले जनाउनु भएको छ ।

सुनबर्षी नजिक वा सोमबारे मौलीबारी वा लक्ष्मीचोक पारी बक्रहा नदीमा पक्कीपुलको निर्माण, जि पी मार्गको निर्माण, टायलभट्टाबाट कट्नुसम्मको बाटोसहित ब्यवस्थित बिजुलीबत्ती हाल्ने कार्कीको योजना छ ।

मोरङ प्रदेशसभा सदस्यका उम्मेदवार डिबी कार्की मतदाताको मन जित्दै

त्यसैगरी गोबिन्दपुर क्षेत्रमा पीच बाटो, डाम्राभिटा हँदै कटुवाल डाँडो, उल्लुघुटु हँदै शान्तीपुरको पीच बाटो बनाउने कार्कीले प्रतिवद्धता जनाउनु भएको छ । डाम्राभिटा हुदै भुल्काडुब्बासम्म जाने बाटो र कट्नुखोलामा पक्की पुल निमार्ण तथा विकास आफ्ना योजना अन्तर्गत पर्ने कार्कीको भनाई छ ।

महादेवा, झुर्कीया, कल्याणपुर, सोनापुर, सिक्टी क्षेत्र, लारीकट्टा, झपर्तोल, काईमी सौठा, ३ नम्बर डाईनिया, केरन्जा, कोईलीडाँगी सातमेडी, मिलनटोल, राईटोल, सुनबर्षी लगायतका क्षेत्रहरुको समग्र बिकासका लाग्ने कार्कीले बताउनु भएको छ ।