आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति नजिकिदै जाँदा नेपालभर चुनावी सरगर्मी बढेको छ । यही निर्वाचनका लागि संखुवासभा प्रदेशसभा सदस्य ‘ख’का योग्य र सक्षम उम्मेदवार विदुर लिङ्थेपको चर्चा संखुवासभामा चुलिएको छ ।
नेकपा एमाले पार्टीले संखुवासभा जिल्लाबाट प्रदेश सभा सदस्यमा लिङ्थेपलाई उम्मेदवार बनाएको भएता पनि उनले संखुवासभालीको मन जितिरहेका छन् । जनताको मनोभावाना बुझ्न सक्ने अनुभवी र शिक्षित नेताकारुपमा चिनिएका लिङ्थेप कुनै राजनैतिक दलको उम्मेदवारभन्दा पनि सबैको साझा जस्तै बनेका छन् ।
५ बर्ष मादी नगरपालिको प्रमुख भएर जनताको मनमनमा बस्न सफल लिङ्थेपले आफ्नो क्षमता जनता सामु परीक्षण गरिसकेका छन् । स्थानीय सरकार हाँकेको अनुभव बोकेका लिङ्थेप अव प्रदेशसभामा पुगेर नीतिगत तहमा अब्बल उपस्थिति जनाउने पक्का जस्तै बनेको छ ।

संखुवासभा प्रदेशसभा ‘ख’ का जनताको घरघरमा पुगिरहेका लिंथेप आफ्नो प्रतिद्वन्दी गठबन्धनको उम्मेदवार नेकपा एकीकृत समाजवादीकी सरिता थापाभन्दा धेरै अगाडि रहेको स्थानीयहरुको भनाई छ ।
‘जिल्लामा बिदुरजस्तो नेतालाई जिताउनु पर्छ’ नेपाली काँग्रेसको सक्रिय कार्यकर्ताले भने–‘हामीले रुखमा भोट हाल्न नपाएपछि बिदुरको बिकल्प सोच्न पनि सकिदैन ।’
आफ्नो कार्यकाल भरी असल, ईमान्दार र विकास प्रेमी छबि बनाएका लिङ्थेप राष्ट्रिय राजनीतिमा समेत बलियो उपस्थिति जनाएका छन् । त्रिभुवन युनिर्भसिटीबाट सामाजशास्त्रमा स्नाकोत्तर तह र स्नाकोत्तर तह चाइनाको चाचियाङ विश्वविद्यालय चाइनाबाट पुरा गरेका लिङ्थेप बौधिक नेताका रुपमा चिनिन्छन् । समग्र संखुवासभाको विकास, शिक्षा, स्वास्थ्य रोजगार पुर्वाधार कृषि पर्यटन र सुसासनका साथै नयाँ मोडलका रुपमा विकास गरेर लैजाने लिङ्थेपको योजना छ ।
लिंथेपले आफ्ना १३ बँुदे प्रतिबद्धतासहित जनतामाझ आफ्नो पक्षमा मत मागिरहेका छन् । उनले आफ्नो उम्मेद्वारी संविधानको उच्चतम कार्यन्वयन गर्न, युवाहरुलाई स्वरोजगार बनाउदै, सहयात्रा र सहकार्य गर्न, ठुलालाई आदार सम्मान, सानालाई माया र सहयोद्धासंग सहयात्रा र सहकार्य गर्न आफुलाई मत दिन भनेका छन् ।
त्यसैगरी भौतिक पुर्वाधार क्षेत्रमा पाँचखपन, चैनपुर, धर्मदेबी र मादी नगरपालिकालाई समान ढंगले विकास प्रक्रियालाई तीव्रता दिन, नमुना वडा सहितको नगरपालिका, निर्वाचन क्षेत्रका सबै गाउँ टोलमा कृषि र पशुपालन व्यवसायलाई मुख्य आयस्रोत र स्वरोजगार उन्मुख बनाउन, पर्यटकीय क्षेत्रलाई पर्यटकको आकर्षण गर्ने गरी विकास गर्न, धार्मिक सांस्कृतिक क्षेत्रको प्रबद्र्धन, सम्बर्धन र बिकास गर्न आफ्नो उम्मेदवारी रहेको लिङ्थेपले जनाएका छन् ।

लिंङ्थेपले आफ्नो प्रतिवद्धतामा शिक्षालाई बालमैत्री, सिपमुलक तथा प्रविधि मुलुक गुणस्तरीय बनाउन, स्वास्थ्यलाई सर्बसुलभ बनाई बजेट र दरबन्दी कायम गर्न, संखुवासभा बहुमुखी, रामेश्वर बहुमुखी र मादी बहुमुखी क्याम्पसलाई स्रोत जुटाई आर्थिक रुपमा सवल बनाउन, प्रदेश र केन्द्रबाट संचालित आयोजनाहरुलाई पारदर्शी र समयमै सम्पन्न गर्न गराउन, भ्रष्टाचार आफुले नि, नगर्ने र गर्न नलगाउन र जनताको प्रत्येक मतको मात्र होईन सुखदुःखको सारथी बन्दै शिर उच्च राख्न उल्लेख गरेका छन् ।
आफ्नो उम्मेदवारीको औचित्य प्रष्ट्याउँदै लिङ्थेप संखुवासभाको विकासका लागि आफुले दिनरात नभनिकन नयाँ मोडलको रुपमा विकास गर्ने र जिल्लाको स्थर उन्नतिको निम्ति जुनसुकै मुल्य चुकाउन आफु तयार भएको बताउँछन् ।
को हुन् विदुर ?

विदुरकुमार लिंथेपको जन्म वि.सं २०३३ पौष २४ गते संखुवासभा जिल्लाको बाघामा भएको हो । वि.सं. २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट निर्वाचित भइ मादी नगरपालिकाको नगर प्रमुख भएका लिंथेप संविधानवाद र कानूनको शासनको अटल विश्वास प्रकट गर्ने राजनीतिज्ञ हुन् ।
दलिय पूर्वाग्रह र पारिवारिक स्वार्थ भन्दा माथि उठेर स्थानीय आवश्यकताका आधार योजना तथा कार्यक्रम बन्नुपर्छ भन्ने दृष्टिकोण राख्ने लिंथेपले अन्य राजनीतिक दलका नेता तथा कार्यकर्तासँग समेत समन्वयकारी सम्बन्ध स्थापित गरिरहेका छन् । लिंथेपले त्रिभुवन विश्वविद्यालय किर्तिपुर र चचियाङ विश्वविद्यालय हाङचोउ चिनबाट समाजशास्त्रमा स्नातकोत्तर हाँसिल गरेका छन् । एक कुशल राजनीतिज्ञका रुपमा रहेका लिंथेप, के बालबालिका, के युवा त के जेष्ठ नागरिक सबैमाझ लोकप्रिय छन् । सरल जीवनशैली र हँसिलो मुहार भएका लिंथेप कोही कसैसँग नरिसाउने, नझर्कने मिजाशीलो स्वभावका छन् ।

जुन सुकै विषयमा तर्कपूर्ण रुपमा आफ्नो धारणा र दृष्टिकोण राख्न सिपालु लिंथेप मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा संखुवासभाको प्रदेशभा ख मा नेकपा एमालेको तर्फबाट प्रत्यक्षतर्फको उम्मेदवार रहेर सबैको मन जितिरहेका छन् ।
https://cms.rojgarmanch.com/interview/2020/12/19373/?fbclid=IwAR0DUriiMpnb9BShLKuiAPCaS3C_eCocIgH6F9yGB_4lLnHVeSK2sA-FULQ#.X-bGqnh02A4.facebook








