काठमाडौं र लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ आई नेपाल अन्तर्गतका क्लबहरु लायन्स क्लब अफ काठमाडौं वन्डर उमन, लायन्स क्लब अफ काठमाडौं भ्वाइस अफ उमन, लायन्स क्लब अफ काठमाडौं गृहलक्ष्मी र लायन्स क्लब अफ काठमाडौं उडानकोे संयुक्त आयोजनामा जोयन्ट इन्डक्सन एन्ड इन्टलेशन सेरेमोनी सम्पन्न भएको छ ।

लायन्स ३२५ आई अन्तर्गतका क्लबहरुको जोयन्ट इन्डक्सन एण्ड इन्ष्टलेशन सेरेमोनी सम्पन्न

 

ललितरपुरको धोबिघाटस्थित सिद्धार्थ कटेज रेष्टुरेन्टमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि ड्रिष्ट्रिक ३२५ का ड्रिष्ट्रिक गभर्नर लायन रामबहादुर बसेलको थियो । कार्यक्रमको उद्घाटन गर्दै डिष्ट्रिक गभर्नर लायन राम बसेलले चारवटै क्लबहरुले एकदमै राम्रो काम गरेकोमा खुशी व्यक्त गर्नुभयो । चार्टर प्रेसिडेन्ट मेघा तिमिल्सिनाको कार्यकालमा वन्डर उमनले एक वर्षभरिमा नै एकदमै धेरै र राम्रा काम गरेर प्रमाणित गरी बेष्ट प्रेसिडेन्ट बन्न सफल भई लायन्स क्लबको शिर उच्च बनाएकोमा बधाई तथा आभार प्रकट गर्नुभयो ।

त्यस्तै भ्वाइस अफ उमनले धेरै मेहनत गरी उत्कृष्ट सामाजिक कामहरु गरी सम्पुर्ण लायन्सलाई शिर उच्च गरेर हिन्न सक्ने बनाएको भन्दै डिष्ट्रिक गर्भनर बसेलले उक्त क्लबलाई हृदयदेखि नै धन्यवाद व्यक्त गर्नुभयो ।

लायन्स ३२५ आई अन्तर्गतका क्लबहरुको जोयन्ट इन्डक्सन एण्ड इन्ष्टलेशन सेरेमोनी सम्पन्न

एकवर्ष भरिमा धेरै सामाजिक कार्य गरेकोमा गृहलक्ष्मी क्लबप्रति खुशी व्यक्त गर्नुभयो । त्यस्तै छोटो समयमै एलसीके उडानले पनि धेरै राम्रा कार्यक्रमहरु गर्न सफल भएको बताउँदै गर्भनर बसेलले महिलाहरुले पनि धेरै र राम्रा काम गर्न सक्छन् भन्ने उदाहरणीय काम गरेकोमा खुशी व्यक्त गर्नुभयो ।

लायन्स क्लब अफ काठमाडौं वन्डर उमनका चार्टर प्रेसिडेन्ट लायन मेघा तिमिल्सिनाले आफ्नो कार्यकालमा गरेको कामप्रति आफूलाई आत्मसन्तुष्टि मिलेको बताउनुभयो ।

लायन्स ३२५ आई अन्तर्गतका क्लबहरुको जोयन्ट इन्डक्सन एण्ड इन्ष्टलेशन सेरेमोनी सम्पन्न

‘आइ बिलिभ इन टिमवर्क’ भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै आफ्नो कार्यकालमा रक्तदान कार्यक्रमको आयोजना, लामो समयदेखि अस्पतालमा उपचाररत आर्थिक अवस्था कमजोर भएकी महिलालाई अस्पतालमै गएर बयासी हजार पाँच सय हस्तारन्तरण, धुनिखेलमा महिलाहरुको निशुल्क स्वास्थ्य शिविरको आयोजना तथा स्तन क्यान्सर सम्बन्धि सचेतना कार्यक्रम जसमा ३२५ जना महिलाहरुको स्वास्थ्य सेवा पाएको, भगवतीबहाल मन्दिरको सरसफाई, मानवसेवा आश्रममा खाद्यन्न तथा लत्ताकपडा वितरण, सुन्दरीजलमा रहेको विद्यालयलाई नगद सहयोग साथै न्यायोकपडा वितरण, मित्रपार्कमा रहेको सार्वजनिक शौचालयलाई पुनःनिर्माण गरी अपागंमैत्री समेत बनाई वडा नं ७ लाई हस्तान्तरण गरिएको, शिवरात्रीमा पशुपति मन्दिरमा निशुल्क स्वास्थ्य शिविर साथै चिया, पानी, फलफूल वितरण गरिएको, सामुदायिक विद्यालयको पुस्ताकलयको लागि पुस्तक वितरण, अन्य शैक्षिक सामाग्री वितरण तथा दन्त शिविरको आयोजना, नुवाकोट जिल्लाको बिदुर नगरपालिका वडा नं ८ स्थित बृहत निशुल्क दुई दिने स्वास्थ्य शिविरको आयोजना गरी नाक, कान घाँटी तथा इसीजी सेवा पनि प्रदान गरिएको र अन्य थुप्रै सामाजिक कार्यहरु गरेको बताउँदै चार्टर प्रेसिडेन्ट तिमिल्सिनाले आगामी दिनहरुमा पनि क्लबलाई निरन्तर सहयोग गर्दै क्लबको शिर उच्च राख्ने बताउनुभयो ।

क्लबहरुको साथ र सहयोगमा निरन्तर लाग्ने प्रतिबद्धता जनाउनुहुँदै पास्ट डिष्ट्रिक गर्भनर तथा मल्टिपल डिष्ट्रिक रिलेशन एण्ड लायन्स इन्फ्रोमेशन चेयर पर्सन लायन इन्दु लम्सालले चारवटै क्लबहरुले उदाहरणीय काम गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

लायन्स ३२५ आई अन्तर्गतका क्लबहरुको जोयन्ट इन्डक्सन एण्ड इन्ष्टलेशन सेरेमोनी सम्पन्न

नयाँ कार्यसमितिहरुलाई पनि पुरानो कार्यसमितिले गरेका कामहरुलाई निरन्तरता दिदैं जान र आगामी दिनहरुमा सबैले आफ्नो क्लबलाई उत्कृष्ट साबित गर्दै लैजान पास्ट डिष्ट्रिक गर्भनर तथा मल्टिपल डिष्ट्रिक रिलेशन एण्ड लायन्स इन्फ्रोमेशन चेयर पर्सन लम्सालले आग्रह गर्नुभयो ।

कार्यक्रममा लायन्स क्लबका पास्ट प्रेसिडेन्टहरुले आफ्नो कार्यकालमा गरेका प्रगति विवरणहरु प्रस्तुत गर्नुभएको थियो भने क्लबका नवनिर्वाचित प्रेसिडेन्टहरुले आगामी कार्ययोजनाको बारेमा प्रस्तुत गर्नुभएको थियो ।

लायन्स ३२५ आई अन्तर्गतका क्लबहरुको जोयन्ट इन्डक्सन एण्ड इन्ष्टलेशन सेरेमोनी सम्पन्न

कार्यक्रममा नयाँ कार्यसमितिका सदस्यहरुलाई सपथ ग्रहण साथै पदस्थापना गरी ब्याज वितरण समेत गरिएको थियो । त्यस्तै वन्डर उमनका चार्टर प्रेसिडेन्ट लायन मेघा तिमिल्सिनाको पहलमा एसइईमा उत्कृष्ट अंक ल्याई उर्तिर्ण हुने लायन्स क्लबमा आवद्ध हुनुभएका सदस्यका छोराछोरीहरुलाई आगामी उज्वल भविष्यको कामना गर्दै मायाको चिनो समेत वितरण गरिएको थियो ।

लायन्स ३२५ आई अन्तर्गतका क्लबहरुको जोयन्ट इन्डक्सन एण्ड इन्ष्टलेशन सेरेमोनी सम्पन्न
लायन्स ३२५ आई अन्तर्गतका क्लबहरुको जोयन्ट इन्डक्सन एण्ड इन्ष्टलेशन सेरेमोनी सम्पन्न
लायन्स ३२५ आई अन्तर्गतका क्लबहरुको जोयन्ट इन्डक्सन एण्ड इन्ष्टलेशन सेरेमोनी सम्पन्न