निर्मलराज काफ्ले संघीय गणतन्त्र ब्राजिलका लागि नेपालको आवासीय राजदूत नियुक्त भएका छन ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले आइतबार एक विज्ञप्ति जारी गर्दै काफ्ले सो पदमा नियुक्त भएको जानकारी दिए ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले काफ्लेलाई सो पदमा नियुक्त गरेकी हुन ।

निर्मलराज काफ्ले ब्राजिलका लागि राजदूत नियुक्त