राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त राजदूतलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छिन ।
बुधबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारीले राजदूतको पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार जापानका लागि डा. दुर्गाबहादुर सुवेदी, गणतन्त्र दक्षिण अफ्रिकाका लागि दानबहादुर तामाङ, स्पेनका लागि डा शर्मिला पराजुली (ढकाल), रुसी महासङ्घका लागि मिलनराज तुलाधार र डेनमार्कका लागि नवनियुक्त राजदूत प्रा.डा. रामस्वार्थ रायलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन ।







