राष्ट्रपति विद्यादेवी भण्डारीले दानबहादुर तामाङलाई दक्षिण अफ्रिकाका लागि नेपालको अवासीय राजदूत नियुक्त गरेकी छिन ।
नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा तामाङलाई राष्ट्रपति भण्डारीले बुधबार गणतन्त्र दक्षिण अफ्रिकाको आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।
आचार्यले बुधबार सार्वजनिक गरेको विज्ञप्तिमा तामाङलाई नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम आवासीय राजदूत नियुक्त गरिएको उल्लेख छ।







