लायन्स क्लब अफ काठमाडौं वन्डर उमन लायन्स क्लब अफ काठमाडौं रक्तदाता समुह, लायन्स क्लब अफ काठमाडौं समाखुशी र नक्साल भगवती सामुदायिक सदन परिवारकोे संयुक्त आयोजनामा वृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

गत शुक्रबार काठमाडौंको नक्सालस्थित भगवती बहाल मन्दिर परिसरमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै लायन्स क्लब अफ काठमाडौं वन्डर उमनकी चार्टर प्रेसिडेन्ट लायन मेघा तिमिल्सिनाले आफ्नो जन्मदिनको अवसरमा रक्तदान नै जिवनदान हो भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै कार्यक्रमको आयोजना गरेको जानकारी दिनुभयो ।

एलसीके वन्डर उमनसहितका संस्थाहरुको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

विभिन्न क्लवहरुसँग सहकार्य गरि विगतदेखि नै यस्ता थुप्रै सामाजिक कार्यहरु गर्दै आईरहेको बताउँनुहँदै निवर्तमान अध्यक्ष तिमिल्सिनाले र गत चैत्र महिनामा नुवाकोटमा भव्य स्वास्थ्य शिविरको आयोजना गरी ८५३ जना मानिसहरुले सेवा समेत लिएको स्मरण गराउनुभयो ।

त्यस्तै वन्डर उमनकी प्रेसिडेन्ट लायन कल्पना चौहानले एक वर्षभरमा ५ देखि ६ पटकसम्म रक्तदान कार्यक्रम गराउने र थुप्रै सामाजिक कार्य गर्ने प्रतिवद्धता जनाउनुभयो । चार्टर प्रेसिडेन्टले गरेको कामप्रति सन्तुष्ट भएको बताउनुहुदै प्रेसिडेन्ट चौहानले आफुपनि वहाँको कामलाई फलो गर्दै जाने बताउनुभयो ।

एलसीके वन्डर उमनसहितका संस्थाहरुको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

कार्यक्रममा नक्साल भगवती सामुदायिक सदनका उपाध्यक्ष सैलेन्द्रराज कर्निकारले लायन्स क्लव अफ काठमाडौंसँग आवद्ध संस्थाहरुसँग सहकार्य गरेर रक्तदान कार्यक्रम आयोजना गर्न पाएकोमा खुशी व्यक्त गर्नु भयो ।

लायन्स क्लब अफ काठमाडौं वन्डर उमन स्थापनाकालदेखि नै विभिन्न क्लवहरुसँग सहकार्य गरेर थुप्रै सामाजिक कामहरु गर्दै आएको छ । रक्तदान कार्यक्रम आयोजनादेखि सार्वजनिक शौचालय हस्तान्तरण, सडक सरसफाई, दुखि गरिबहरुलाई खाद्यन्न लत्ताकपडा वितरण, प्राकृतिक विपत्तिको समयमा खाद्यन्न आर्थिक सहयोग साथै वृहत स्वास्थ्य शिविरको आयोजना जस्ता थुप्रै सामाजिक कार्यहरु गर्दै आईरहेको छ ।

आगामी दिनमा पनि विशेषगरी महिलाहरुको स्वास्थ्यसम्बन्धि शिविरको आयोजना गर्ने प्रतिवद्धता समेत चार्टर प्रेसिडेन्ट तिमिल्सिनाको बताउनुभयो ।

एलसीके वन्डर उमनसहितका संस्थाहरुको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
एलसीके वन्डर उमनसहितका संस्थाहरुको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न