प्रतिनिधिसभाको उपसभामुखमा सत्तारूढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी पुष्पा भुसाल विजयी भएकी छन् ।

उपसभामुख चयनका लागि संसद्‌मा शुक्रबार भएको मतदानमा नेपाली कांग्रेसकी पुष्पा भुसाल विजयी भएको सभामुख अग्नि सापकोटाले सदनमा घोषणा गरेका हुन्।

उपसभामुखका लागि सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसाल र प्रमुख प्रतिपक्षी नेकपा एमालेले विद्या भट्टराई उम्मेदवार थिए।

भुसालले १४८ मत पाउँदा विपक्षी उम्मेदवार भट्टराईले ९३ मत पाएको तथा मत दिन्नँ अर्थात् तटस्थमा १ मत परेको सभामुख सापकोटाले जानकारी दिए।

त्यस्तै, कुल मतदानमा उपस्थित सदस्य संख्या २४२ रहेको पनि सभामुख सापकोटाले बताए।

उपसभामुख पद रिक्त भएको २९ महिनापछि पदपूर्ति भएको हो । २०७६ माघ ६ गते तत्कालीन उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिएपछि पद रिक्त थियो।