प्रतिनिधिसभा उपसभामुखको निर्वाचन असार ३१ गते अर्थात् शुक्रबार हुने भएको छ ।
बुधबारको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुखको निर्वाचन असार ३१ गतेका लागि तोकेको जानकारी दिए । निर्वाचान शुक्रबार दिउँसो ३ बजे गर्ने गरी सभामुखले मिति र समय निर्धारण गरेका हुन ।
साथै उनले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ८ बमोजिम प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई उपसभामुख पदको निर्वाचन कार्यक्रमसम्बन्धी सूचना आजै प्रकाशित गर्न निर्देशन दिएका छन ।
सचिव योगीले सोही नियमावलीको उपनियम १ बमोजिम निर्वाचन कार्यतालिका प्रकाशन गरेका छन ।
प्रतिनिधिसभा उपसभामुख पद २०७६ माघदेखि रिक्त छ ।
यस्तो छ निर्वाचन कार्यतालिका








