प्रधानमन्त्री शेरबहादुर देउवासँग चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले शिष्टाचार भेट गरेका छन ।

आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेर जियानचाओले भेटवार्ता गरेका हुन ।

सीपीसीको विदेश विभाग प्रमुख लिउ नेतृत्वको टोली चार दिनसम्म नेपालमा रहने परराष्ट्र मन्त्रालयले जनाएको छ । आठ सदस्यीय टोलीसहित उनी आइतबार बिहान नेपाल आएका हुन ।

लिउले राष्ट्रपति विद्यादेवी भण्डारीसँगै अन्य दलका अध्यक्ष लगायत नेतासँग भेटवार्ता गर्नेछन ।