काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले यमबुद्धको नामले परिचित र्यापर अनिल अधिकारीको शालिक आफ्नै तलबबाट बनाउने घोषणा गरेका छन ।
यमबुद्धको शालिक बनाउन काठमाडौं महानगरले १५ लाख रुपैयाँ बजेट छुट्याएको थियो । तर, मेयरले आफ्नो प्राथमिकताविपरीत लन्डनमा ६ वर्षअघि आत्महत्या गरेका गायक यमबुद्धको शालिक बनाउन लागेको भन्दै चर्को विरोध भएको थियो ।
मेयर बालेले शनिबार फेसबुकमा लेखेका छन, ‘म मेरो तलब बाट यम बुद्धको सालिक बनाउँछु ।’
शालिक कहाँ स्थापना गर्ने भन्ने यकिन भएको छैन ।







