प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ ।

बुधबार विहान ११ बजेका लागि बोलाएको बैठक दिउँसोसम्म सुरु हुन नसकेपछि सूचना टाँसेर बैठक सारिएको हो ।

सङ्घीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले विशेष कारणले बस्न नसक्ने भएकाले समय परिवर्तन गरिएको बताए ।

उनीद्धारा जारी सूचनामा लेखिएको छ ‘‘आज मिति २०७९ साल असार २२ गते बुधबार विहान ११ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारणले बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सम्माननीय सभामुखज्यूले उक्त बैठक आज दिनको २ बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’’