यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थको मूल्य बढेसँगै सार्वजनिक गाडीको भाडा पनि बढाएको छ। विभागले अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक गाडीमा अधिकतम ७.७ प्रतिशतले भाडा बढाएको हो।
विभागले जारी गरेको सूचनाअनुसार यात्रुवाहक सार्वजनिक सवारी साधनमा ५.३० प्रतिशतले भाडा बढेको छ । पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा ६.९४ तथा तराईको बाटोमा चल्ने मालबाहक सवारीमा ७.७ प्रतिशतले भाडा वृद्धि भएको छ।
प्रेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै यसअघि पनि भाडा बढेको थियो।
हेर्नुहोस् सूचीः







