बञ्चरेडाँडाका स्थानीय बासिन्दाले विरोध गरेपछि सरकारले प्रहरी बल प्रयोग गरेर काठमाडौंको फोहोर खसाल्न सुरू गरेको छ।
काठमाडौँ उपत्यकामा थुप्रिएको फोहोर विसर्जनको लागि बञ्चरेडाँडा पुगेका टिपरहरुलाई स्थानीयले अवरोध गरेपछि झडप समेत भएको थियो ।
प्रहरीले फोहोर बोकेका गाडी रोक्न खोजेपछि सघर्ष समितिका संयोजकसहित १४ जनालाई पक्राउ गरेको छ ।
सोमबार सम्बन्धित स्थानीय तहसमेतको सहमतिमा आजबाट फोहोर उठाउन थालिएको थियो । सोही सहमतिअनुसार बन्चरेडाँडामा फोहोर पठाइएको थियो ।
स्थानीयले सहमतिबारे थाहा नभएको भन्दै अवरोध गरेका थिए ।







