काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटघाट गरेका छन् ।

आज बिहान खुमलटारस्थित प्रचण्ड निवासमा अध्यक्ष प्रचण्ड र साहबीच भेटवार्ता भएको हो ।

भेटमा प्रचण्डले मेयर साहले सबैलाई मिलाएर सहकार्य गरिरहेकाले पाँच वर्षको कार्यकालमा साहलाई साथ र सहयोग गर्ने आश्वासन दिएका छन् ।

उनले मेयर साहसँग भने,‘तपाईँको जित बहुत ठूलो क्रान्ति हो । पहिलेका मेयरहरू कुनै एउटा पार्टीसँग अलाइन्स भएर अरू पार्टीलाई गाली गर्ने सिस्टम थियो तर तपाईले पहिलो पटक सबैलाई मिलाएर – सहकार्य गर्ने काम गरिरहनुभएको छ त्यो सहरानिय छ त्यसैले हजुरलाई हाम्रो सधैंभरी साथ र सहयोग हुनेछ।’

यसअघि मेयर साहले मतगणना जारी हुँदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र केहीदिन अघि प्रधानमन्त्री शेर बहादुर देउवासँग भेट गरेका थिए ।