सिमरा विमानस्थलबाट दैनिक उडान कटौती हुने
- जेष्ठ २०, २०७९
- 0

बारास्थित सिमरा विमानस्थलबाट यही जेठ २४ गतेदेखि आगामी असार १३ गतेसम्म दैनिक उडान कटौती हुने भएको छ ।
विमानस्थल क्षेत्रमा मर्मतसम्भारको काम हुने भएकाले २० दिन दैनिक उडान कटौती हुने भएको हो ।
सो अवधिमा बिहान ६ देखि ११ बजेसम्म मात्रै उडान हुने सिमरा विमानस्थलका प्रमुख भूपेन्द्र भट्टले जानकारी दिए । नियमित १२ उडान हुँदै आएको सिमरा विमानस्थलबाट सो अवधिमा दैनिक आधामात्रै उडान हुने उनले बताए ।
वर्षाँैदेखि जीर्ण अवस्थामा रहेको सिमरा विमानस्थल मर्मतसम्भार गर्न लागिएको हो । दैनिक उडानको समय कटौती गरी मर्मतको काम अघि बढाइएको हो । सप्तकोसी निर्माण सेवा कम्पनीले उक्त मर्मतसम्भारको ठेक्का लिएको छ ।
0 प्रतिक्रिया
घट्टेकुलो नमुनानगर टोलको रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौ महानगरपालिका वडा नं.–२९ घट्टेकुलोमा रहेको नमुनानगर टोलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नमुनानगर टोल सुधार समितिले त्रि.वि. लायन्स […]
सोमबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

सोमबार सरकारले सार्वजनिक बिदा दिने भएको छ । आइतबार गृह मन्त्रालयले सार्वजनिक बिदा सम्बन्धी सूचना जारी इस्लाम धर्मावलम्बीहरुको पर्व ईद […]
रवीन्द्र मिश्र र धवलशमशेरसहित ११ जनालाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

गत शुक्रबार काठमाडौंमा भएको राजावादीको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित ११ जनालाई थप पाँचदिन […]
संसद् बैठक सोमबारसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । संसद् सचिवालयले भोलि(सोमबार) बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेको हो । सत्ता र […]
दुर्गा प्रसाईंको भिडियो सन्देश : ‘प्रधानमन्त्रीबाट गोली हान्ने आदेश छ भन्ने सुनेपछि सुरक्षित बसेको हुँ’

मेडिकल व्यवसायी तथा संयुक्त जनआन्दोलन समितिका कमान्डर व्यवसायी दुर्गा प्रसाईंले आफू फरार नभएको भन्दै प्रधानमन्त्रीबाटै आफूलाई गोली हान्ने आदेश छ […]