संसदीय सुनुवाइ समितिले श्रीलंका र डेनमार्कका लागि सरकारले प्रस्तावित गरेको राजदूतको नाम सर्वसम्मतले अनुमोदन गरेको छ।

मंगलबार बसेको समितिको बैठकले श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदूत वासुदेव मिश्र र डेनमार्कका लागि प्रस्तावित राजदूत प्रा.डा. रामस्वार्थ रायको नाम सर्वसम्मतले अनुमोदन गरेको हो।

यसअघि समितिले सरकारले विभिन्न १८ देशका लागि प्रस्तावित राजदूतहरूको नाम अनुमोदन गरेको थियो।

सरकारदले प्रस्तावित गरेको राजदूत राय र मिश्रविरूद्ध भने उजुरी परेकोले अनुमोदन हुन बाँकी थियो।