रोजगार मञ्चरोजगार मञ्च
———
रोजगार मञ्च — करियर र रोजगार पत्रिका
रोजगार मञ्च — करियर र रोजगार पत्रिका
रोजगार मञ्चरोजगार मञ्च
———
गृहसमाचाररोजगारअन्तर्वार्ताबिजनेसएनआरएनप्रवासफिचरकलाखेलटि. भी.
———
अवसर
रोजगार मञ्च — करियर र रोजगार पत्रिका

स्थानीय चुनाव : ४१ देखि ५० वर्ष उमेर समूहका धेरै उम्मेदवार निर्वाचित

स्थानीय तह सदस्य निर्वाचन २०७९ मा हालसम्म निर्वाचित जनप्रतिनिधिहरू सबैभन्दा धेरै ४१ देखि ५० वर्ष उमेर समूहका देखिएका छन्। निर्वाचन

स्थानीय चुनाव : ४१ देखि ५० वर्ष उमेर समूहका धेरै उम्मेदवार निर्वाचित
स

सम्पादकीय टोली

जेठ १०, २०७९

अक्षर आकार

स्थानीय चुनाव : ४१ देखि ५० वर्ष उमेर समूहका धेरै उम्मेदवार निर्वाचित

स्थानीय तह सदस्य निर्वाचन २०७९ मा हालसम्म निर्वाचित जनप्रतिनिधिहरू सबैभन्दा धेरै ४१ देखि ५० वर्ष उमेर समूहका देखिएका छन्।

निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएको आधारमा विश्लेषण गर्दा उक्त उमेर समूहमा विभिन्न पदमा निर्विरोधसहित महिला र पुरुष गरी कूल १० हजार ९९० निर्वाचित भएका छन्।

आयोगको प्रणालीमा २१ देखि ३०, ३१ देखि ४०, ४१ देखि ५०, ५१ देखि ६०, ६१ देखि ७०, ७१ देखि ८०, ८१ देखि ९० र ९० भन्दा माथि उमेर समूहका निर्वाचित जनप्रतिनिधिका विवरण समावेश गरिएका छन्।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनाबाट हालसम्म ७३५ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।

सो प्रणालीका प्रविष्ट भएअनुसार नेपाली कांग्रेसका २१ देखि ३० वर्ष उमेर समूहका पुरुष ५५० र महिला ७९२ गरी एक हजार ३४२, ३१ देखि ४० उमेर समूहका पुरुष दुई हजार १८७, महिला एक हजार ९७९ गरी चार हजार १६६, ४१ देखि ५० उमेर समूहका पुरुष दुई हजार ६६४, महिला एक हजार ७४३ गरी चार हजार ४०७, ५१ देखि ६० उमेर समूहका पुरुष एक हजार ९३९, महिला ७६३ गरी दुई हजार ७०२, ६१ देखि ७० उमेर समूहका पुरुष ६२४, महिला १८९ गरी ८१३, ७१ देखि ८० उमेर समूहका पुरुष ८५, महिला १९ गरी १०४, ८१ देखि ९० उमेर समूहका पुरुष १ र महिला १ गरी २ र ९० भन्दा माथि उमेर समूहका पुरुष २ जना निर्वाचित भएका छन्।

नेकपा (एमाले) का २१ देखि ३० वर्ष उमेर समूहका पुरुष ४५६ र महिला ६६८ गरी १ हजार १२४, ३१ देखि ४० उमेर समूहका पुरुष १ हजार ७१४, महिला १ हजार ८०७ गरी ३ हजार ५२१, ४१ देखि ५० उमेर समूहका पुरुष २ हजार १६७, महिला १ हजार ५३७ गरी ३ हजार ७०४, ५१ देखि ६० उमेर समूहका पुरुष १ हजार ८२१, महिला ७७० गरी २ हजार ५९१, ६१ देखि ७० उमेर समूहका पुरुष ५२९, महिला १४१ गरी ६७०, ७१ देखि ८० उमेर समूहका पुरुष ३७, महिला १६ गरी ५३, ८१ देखि ९० उमेर समूहका पुरुष ७ र महिला १ गरी ८ निर्वाचित भएका छन्।

नेकपा (माओवादी केन्द्र) का २१ देखि ३० वर्ष उमेर समूहका पुरुष २२७ र महिला ३२८ गरी ५५५, ३१ देखि ४० उमेर समूहका पुरुष ९९४, महिला ८९० गरी १ हजार ८८४, ४१ देखि ५० उमेर समूहका पुरुष १ हजार २४, महिला ५६३ गरी १ हजार ५८७, ५१ देखि ६० उमेर समूहका पुरुष ५४२, महिला २२८ गरी ७७०, ६१ देखि ७० उमेर समूहका पुरुष १३८, महिला ५२ गरी १९०, ७१ देखि ८० उमेर समूहका पुरुष १५, महिला १ गरी १६ एवं ८१ देखि ९० उमेर समूहका महिला १ जना निर्वाचित भएका छन्।

जनता समाजवादी पार्टी नेपालका २१ देखि ३० वर्ष उमेर समूहका पुरुष ४३ र महिला ४८ गरी ९१, ३१ देखि ४० उमेर समूहका पुरुष २४०, महिला १८९ गरी ४२९, ४१ देखि ५० उमेर समूहका पुरुष २७६, महिला १७९ गरी ४५५, ५१ देखि ६० उमेर समूहका पुरुष १९३, महिला १४५ गरी ३३८, ६१ देखि ७० उमेर समूहका पुरुष १००, महिला ४० गरी १४०, ७१ देखि ८० उमेर समूहका पुरुष १४ र महिला १४ गरी २८ जना निर्वाचित भएका छन्।

नेकपा (एकीकृत समाजवादी) का २१ देखि ३० वर्ष उमेर समूहका पुरुष ४२ र महिला ५६ गरी ९८, ३१ देखि ४० उमेर समूहका पुरुष १४९, महिला १५२ गरी ३०१, ४१ देखि ५० उमेर समूहका पुरुष १८४, महिला १०५ गरी २८९, ५१ देखि ६० उमेर समूहका पुरुष १३८, महिला ६० गरी १९८, ६१ देखि ७० उमेर समूहका पुरुष ५१, महिला २३ गरी ७४, ७१ देखि ८० उमेर समूहका पुरुष ६, महिला ३ गरी ९, ८१ देखि ९० उमेर समूहमा पुरुष १ जना निर्वाचित भएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका २१ देखि ३० वर्ष उमेर समूहका पुरुष १६ र महिला ११ गरी २७, ३१ देखि ४० उमेर समूहका पुरुष ४७, महिला ४९ गरी ९६, ४१ देखि ५० उमेर समूहका पुरुष ६६, महिला ३२ गरी ९८, ५१ देखि ६० उमेर समूहका पुरुष ४५, महिला १९ गरी ६४, ६१ देखि ७० उमेर समूहका पुरुष ११, महिला २ गरी १३ र ७१ देखि ८० उमेर समूहका पुरुष २, महिला २ गरी ४ जना निर्वाचित भएका छन्।

राष्ट्रिय जनमोर्चाका २१ देखि ३० वर्ष उमेर समूहका पुरुष २ र महिला ८ गरी १०, ३१ देखि ४० उमेर समूहका पुरुष २२, महिला २८ गरी ५०, ४१ देखि ५० उमेर समूहका पुरुष ३९, महिला १९ गरी ५८, ५१ देखि ६० उमेर समूहका पुरुष २७, महिला ८ गरी ३५, ६१ देखि ७० उमेर समूहका पुरुष ४ र ७१ देखि ८० उमेर समूहका पुरुष १, महिला १ गरी २ जना निर्वाचित भएका छन्।

नागरिक उन्मुक्ति पार्टीका २१ देखि ३० वर्ष उमेर समूहका पुरुष ४ र महिला १० गरी १४, ३१ देखि ४० उमेर समूहका पुरुष २८, महिला २३ गरी ५१, ४१ देखि ५० उमेर समूहका पुरुष १५, महिला १० गरी २५, ५१ देखि ६० उमेर समूहका पुरुष ६, महिला ७ गरी १३, ६१ देखि ७० उमेर समूहका पुरुष ४, महिला १ गरी ५, ७१ देखि ८० उमेर समूहका पुरुष १, महिला २ गरी ३ जना निर्वाचित भएका छन्।

नेपाल मजदुर किसान पार्टीका २१ देखि ३० वर्ष उमेर समूहका पुरुष २ र महिला ४ गरी ६, ३१ देखि ४० उमेर समूहका पुरुष १०, महिला ११ गरी २१, ४१ देखि ५० उमेर समूहका पुरुष १८, महिला ९ गरी २७, ५१ देखि ६० उमेर समूहका पुरुष १७, महिला ७ गरी २४, ६१ देखि ७० उमेर समूहका पुरुष ५, महिला १ गरी ६ र ७१ देखि ८० उमेर समूहका पुरुष १ जना निर्वाचित भएका छन्।

जनता प्रगतिशील पार्टीका २१ देखि ३० वर्ष उमेर समूहका पुरुष २, ३१ देखि ४० उमेर समूहका महिला २, ४१ देखि ५० उमेर समूहका पुरुष ५, महिला २ गरी ७, ५१ देखि ६० उमेर समूहका पुरुष २, महिला १ गरी ३, ६१ देखि ७० उमेर समूहका पुरुष १, महिला २ गरी ३ जना निर्वाचित भएका छन्।

तराई मधेस लोकतान्त्रिक पार्टीका २१ देखि ३० वर्ष उमेर समूहका पुरुष १ र महिला १ गरी २, ३१ देखि ४० उमेर समूहका पुरुष १, ४१ देखि ५० उमेर समूहका पुरुष २, महिला १ गरी ३, ५१ देखि ६० उमेर समूहका पुरुष २, महिला १ गरी ३, ६१ देखि ७० उमेर समूहका पुरुष २ र ७१ देखि ८० उमेर समूहका महिला १ जना निर्वाचित भएका छन्।

विवेकशील साझा पार्टीका ३१ देखि ४० उमेर समूहका महिला १, ४१ देखि ५० उमेर समूहका पुरुष ५, ५१ देखि ६० उमेर समूहका पुरुष १, महिला १ गरी २, ६१ देखि ७० उमेर समूहका पुरुष १, महिला १ गरी २, ७१ देखि ८० उमेरका, महिला १ जना निर्वाचित भएका छन्।

नेपाल जनता पार्टीका २१ देखि ३० वर्ष उमेर समूहका पुरुष १, ३१ देखि ४० उमेर समूहका पुरुष १, महिला २ गरी ३, ५१ देखि ६० उमेर समूहका महिला १ र ६१ देखि ७० उमेर समूहका पुरुष ४, महिला १ गरी ५ जना निर्वाचित भएका छन्।

सङ्घीय लोकतान्त्रिक मञ्चका ३१ देखि ४० उमेर समूहका पुरुष ३, महिला १ गरी ४, ४१ देखि ५० उमेर समूहका पुरुष ३, ५१ देखि ६० उमेर समूहका महिला २ जना निर्वाचित भएका छन्।

नेपाल लोकतान्त्रिक पार्टीका २१ देखि ३० वर्ष उमेर समूहका महिला १, ३१ देखि ४० उमेर समूहका पुरुष १, महिला १ गरी २, ४१ देखि ५० उमेर समूहका पुरुष १, महिला १ गरी २ र ५१ देखि ६० उमेर समूहका पुरुष २, जना निर्वाचित भएका छन्।

राष्ट्रिय जनमुक्ति पार्टीका २१ देखि ३० वर्ष उमेर समूहमा महिला १, ३१ देखि ४० उमेर समूहका पुरुष १, महिला १ गरी २, ४१ देखि ५० उमेर समूहका पुरुष १, महिला १ गरी २, ५१ देखि ६० उमेर समूहका पुरुष १, ६१ देखि ७० उमेर समूहका पुरुष जना निर्वाचित भएका छन्।

नेपाली कांग्रेस (विपी) का २१ देखि ३० वर्ष उमेर समूहका महिला १, ३१ देखि ४० उमेर समूहका पुरुष १, ४१ देखि ५० उमेर समूहका पुरुष १, महिला २ गरी ३, ५१ देखि ६० उमेर समूहका पुरुष १ र ६१ देखि ७० उमेर समूहका पुरुष १ जना निर्वाचित भएका छन्।

बहुजन शक्ति पार्टीका २१ देखि ३० वर्ष उमेर समूहका महिला १, ४१ देखि ५० उमेर समूहका पुरुष २, महिला १ गरी ३, ५१ देखि ६० उमेर समूहका पुरुष २ जना निर्वाचित भएका छन्।

बहुजन एकता पार्टी नेपालका ३१ देखि ४० उमेर पुरुष १, समूहका महिला १ गरी २, ४१ देखि ५० उमेर समूहका महिला १ र ६१ देखि ७० उमेर समूहका पुरुष १, महिला १ गरी २ जना निर्वाचित भएका छन्।

नेपाल सुशासन पार्टीका २१ देखि ३० उमेर समूहमा पुरुष १, ३१ देखि ४० उमेर समूहका पुरुष १, ४१ देखि ५० उमेर समूहका पुरुष १ र महिला १ गरी २ जना निर्वाचित भएका छन्।

नेकपा (माओवादी समाजवादी) का ३१ देखि ४० उमेर समूहका महिला २ जना निर्वाचित भएका छन्।

नेपाल सद्भावना पार्टीका ६१ देखि ७० उमेर समूहका पुरुष १ जना निर्वाचित भएका छन्।

स्वतन्त्रतर्फ २१ देखि ३० वर्ष उमेर समूहका पुरुष २४, महिला २६ गरी ५०, ३१ देखि ४० उमेर समूहका पुरुष ८६, महिला ५४ गरी १४०, ४१ देखि ५० उमेर समूहका पुरुष ७८, महिला २५ गरी १०३, ५१ देखि ६० उमेर समूहका पुरुष ६९, महिला १४ गरी ७३, ६१ देखि ७० उमेर समूहका पुरुष १४, ८१ देखि ९० उमेर समूहका १ र ९० भन्दा माथि उमेरका १ जना निर्वाचित भएका छन्।

-रासस

रोजगार मञ्च — करियर र रोजगार पत्रिका
रोजगार मञ्च — करियर र रोजगार पत्रिका
रोजगार मञ्च — करियर र रोजगार पत्रिका
रोजगार मञ्च — करियर र रोजगार पत्रिका

सम्बन्धित समाचारसबै हेर्नुहोस्

भारत भ्रमणमा जादाजादै रविले भने ‘भ्रमण विशुद्ध व्यक्तिगत र धार्मिक हो, राजनीतिक खिचडी नपकाइदिनुहोला’

भारत भ्रमणमा जादाजादै रविले भने ‘भ्रमण विशुद्ध व्यक्तिगत र धार्मिक हो, राजनीतिक खिचडी नपकाइदिनुहोला’

स्वच्छ ऊर्जामा क्षेत्रीय सहकार्यको सम्भावना, भारतीय विदेशमन्त्री जयशंकरसँग अर्थमन्त्री वाग्लेको संवाद

स्वच्छ ऊर्जामा क्षेत्रीय सहकार्यको सम्भावना, भारतीय विदेशमन्त्री जयशंकरसँग अर्थमन्त्री वाग्लेको संवाद

चीनको तिब्बतमा विनाशकारी भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

चीनको तिब्बतमा विनाशकारी भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

रवि लामिछाने पारिवारिक भ्रमणका लागि भारत प्रस्थान

रवि लामिछाने पारिवारिक भ्रमणका लागि भारत प्रस्थान

रोजगार मञ्च — करियर र रोजगार पत्रिका

रोजगार मिडिया प्रा.लि

  • सूचना विभाग दर्ता नंः २००६/०७७/०७८
  • Gyaneshwor, Kathmandu, Nepal
  • +977 1 4531043
  • rojgarmanch@gmail.com

क्विक लिंक

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • हाम्रो समूह
  • सम्पर्क
  • गोपनीयता नीति
  • प्रयोगका सर्तहरू

हाम्रो समूह

प्रमुख व्यवस्थापक
फणिन्द्र दाहाल
सल्लाहकार सम्पादक
युवराज नयाँघरे
सम्पादक
सुमन गिरी
सह सम्पादक
उत्तम भट्टराई
स्तम्भकार
हरिराम पौडेल, शम्भू सुस्केरा
संवाददाता
हेमन्त राज गौतम, हरि बहादुर थापा, पर्वत बिक, मोहन सुवेदी

Copyright © २०२६ Rojgar Media Pvt. Ltd. All rights reserved.

रोजगार मञ्चरोजगार मञ्च

Developed by Webtech Nepal