संसदीय सुनुवाई समितिले बंगलादेश, म्यानमार र ओमानका लागि सरकारद्वारा प्रस्तावित राजदूतहरुको नाम अनुमोदन गरेको छ।
आईतवार सिंहदरबारमा बसेको समितिको बैठकले सरकारले बंगलादेश, म्यानमार र ओमानका लागि प्रस्तावित राजदूत त्रय क्रमशः घनश्याम भण्डारी, हरिश्चन्द्र घिमिरे, डोरनाथ अर्यालको नाम अनुमोदन गरेको हो।
समितिका सभापति लक्ष्मणलाल कर्णले नेपाल सरकारद्वारा बंगलादेश, म्यानमार, ओमानका लागि नेपाली राजदूतको पदमा नियुक्तिको लागि प्रस्तावित क्रमशः घनश्याम भण्डारी, हरिश्चन्द्र घिमिरे, डोरनाथ अर्यालको नाम संघीय संसदको संयुक्त बैठक र संयुक्त समितिको कार्य सञ्चालन नियमावली २०७५ को नियम २६ को उपनियम ५ बमोजिम अनुमोदन भएको घोषणा गरेका हुन्।
समिति सभापति कर्णले भने, ‘मान्य सदस्यहरु नेपाल सरकारद्वारा बंगलादेश, म्यानमार, ओमानका लागि नेपाली राजदूतको पदमा नियुक्तिको लागि प्रस्तावित क्रमशः श्री घनश्याम भण्डारी, हरिश्चन्द्र घिमिरे, डोरनाथ अर्यालको नाम संघीय संसदको संयुक्त बैठक र संयुक्त समितिको कार्य सञ्चालन नियमावली २०७५ को नियम २६ को उपनियम ५ बमोजिम अनुमोदन भएको घोषणा गर्दछु।’







