कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको उपमेयर पदका उम्मेदवारको मृत्यु भएको छ ।

नगरपालिकाका पूर्व उपमेयर तथा नेपाली काँग्रेसबाट उम्मेदवार बन्नु भएकी शुभावती कुर्मीको सोमबार राती निधन भएको हो ।

हृदयघातका कारण उहाँको मृत्यु भएको परिवारले जनाएको छ । हृययघात भए पछि उनलाई उपचारको लागि कपिलवस्तु अस्पताल तौलिहवा लगिएको थियो । राती १ बजे उनको निधन भएको स्थानीय व्रिजेश यादवले बताए ।