हाल नेपालमा स्थानीय वायु र भारतको बिहार-पश्चिम बङ्गालमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको छ।
आज (सोमबार) बिहान हाल मधेस प्रदेश, बागमती प्रदेश र सूदूर पश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । देशका अन्य पहाडी भू-भागमा भने आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सोमबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली रहने भएकोछ। साथै प्रदेश-१, बागमती प्रदेश ,गण्डकी र बाँकी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सोमबार राती भने देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने भएको छ । बाँकी भू-भागमा भने मौसम सफा रहनेछ।
साथै कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना भएको महाशाखाले जनाएको छ।







