सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ ।

आज शुक्रबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने सो बैठकले स्थानीय तह निर्वाचनका लागि महानगर र उपमहानगरका उमेदवारको टुंगो लगाउने बताइएको छ ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि यही वैशाख ११ र १२ गते उमेदवारी दर्ता गर्नु पर्नेछ । सोही समयसीमालाई दृष्टिगत गर्दै बैठक बोलाइएको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।