सशस्त्र प्रहरीमा हालै नियुक्त आइजीपी पुष्पराम केसी ३० वर्ष सेवा अवधिका कारण वैशाख १८ गते अवकाश हुने भएपछि सशस्त्र प्रहरी प्रमुखमा को भन्ने भनेर दौडधुप शुरु भएको छ ।
केसी आइजीपी नियुक्त भए पछि उनको स्थानको एआइजी पद रिक्त भएको छ । अर्का एआइजी रामशरण पौडेल पनि सोहि दिन केसीसंगै अवकाश पाउने छन् ।
केसी आइजीपीमा बढुवा भए पछि रिक्त रहेको एक मात्र एआइजी पदमा बढुवाको सूचना प्रकाशित भैसकेको छ । उक्त एआइजी पदमा जो बढुवा हुनेछन् उनी नै सशस्त्र प्रहरीको माहानिरीक्षक नियुक्त हुनेछन् । सशस्त्र प्रहरी नियमावलीमा एआइजीबाट मात्र आइजीपी नियुक्त गर्ने सक्ने प्रावधान छ । त्यसैले पनि अहिलेको एआइजी बढुवा सबैको चासोको विषय बनेको छ ।
उक्त बढुवाका लागि तीन जना डिआइजीहरु चन्द्रप्रकाश गौतम, नारायण दत्त पौडेल र राजु अर्याल दाबेदार देखिएका छन् । जो एकै दिन डिआइजीमा बढुवा भएका थिए ।
डिआइजी गौतम नेपाली सेनाको पृष्ठभुमिबाट आएका एक मात्र उच्च अधिकृत हुन् भने अर्याल र पौडेल नेपाल प्रहरीबाट सशस्त्र प्रहरीमा स्थानान्तरण भएका हुन् । सशस्त्र प्रहरीको नेतृत्व गर्न तीनै जना सक्षम र जिम्मेवार अधिकृतको रुपमा संगठनमा चिनिन्छन् ।
२०७९ साल चुनावी वर्षको रुपमा पनि रहेकोले नेपाली सेनाको पृष्ठभूमि प्रति गठबन्धन सरकार केही लचिलो हुन सक्ने जानकारहरु बताउँछन् । तर पनि सशस्त्र प्रहरी नियमावलीले कार्य कुशलता, कार्य सम्पादन क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता, उत्तर दायित्व बहन गर्न सक्ने क्षमता र जेष्ठतालाई समेत आधार मानेर बढुवा गर्नु पर्ने प्रावधान तोकेको छ ।
नेतृत्व क्षमता बोकेका गौतम व्यवसायिक तथा पेशागत दुबै हिसावले अब्बल मानिन्छन् । उनीसंग प्रदेश नम्बर २ तथा उपत्यका बाहिनीको कमाण्ड सम्हालेको अनुभव छ । ग्लोबल भ्याकेन्सीमा छनौट भइ शान्ति मिसनका विभिन्न १७ देशका प्रहरी यूनिटको नेतृत्व गरेको अनुभव संहालेका गौतम उच्च अधिकृत हुन् । केही समय अघिमात्र उनले २ नम्बर प्रदेशको कमाण्ड गर्दा उनले अबलम्बन गरेको भ्रष्टचारमा शून्य सहनशिलता संगठनका अधिकृत तथा जवानहरुमा लोकप्रिय छ ।
उता उपत्यका बाहिनी कमाण्ड तथा सशस्त्र प्रहरीको प्रवक्ताको अनुभव डीआइजी अर्यालसंग छ । मुक्तिनाथ बाहिनी पोखरा तथा विन्धवासिनि बाहिनीको कमाण्ड सम्हालेको अनुभव डीआइजी पौडेल संग छ ।
त्यसैले अव सशस्त्रको एआइजी नै भोलिको प्रमुख बन्ने हुँदा अब्बल र सक्षमलाई बढुवा गर्नुपर्ने हुन्छ ।







