नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज शनिबार बस्ने भएको छ ।

बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।

गठबन्धनमा भएको सहमति अनुसार महानगर र उपमहानगरको प्रमुख र उपप्रमुखका विषयमा छलफल गर्न बैठक आह्वान गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

स्थानीय तह निर्वाचनको मिति नजिक आउँदै गर्दा प्रतिपक्षी दल नेकपा एमालेले विभिन्न पालिकामा उम्मेदवार टुंगो लगाएको छ । कांग्रेस समेत गठबन्धनमा रहेका दलहरु अहिले पनि आन्तरिक छलफलमा जुटिरहेका छन् ।