बैशाख ३० गते हुन गैरहेको स्थानीय निर्वाचनका लागि रामेछाप जिल्लाको मन्थली नगरपालिका–९ पुरानागाँउबाट वडा अध्यक्षमा ५ जनाले दावेदारी प्रस्तुत गरेका छन ।

उक्त वडाको वडा अध्यक्षका लागि विद्यार्थी राजनिती हुदै मजदुर र भूगोलको राजनितीमा सक्रिय तथा सामाजिक कार्यमा संलग्न युवा नेता राजिव गिरी प्रमुख दावेदारका रुपमा अगाडि देखापरेका छन ।

यस्तै शहिद परिवारका कपिल गिरी, पूर्व गाउ कमिटि सचिव महारुद्र गिरी, वडा कमिटिका पूर्व अध्यक्ष मानप्रसाद श्रेष्ठ र पूर्व शिक्षक संगठक माइतसिं योञ्जन वडा अध्यक्षको दावेदारी हुन ।

माओवादीको राम्रो पकड रहेको उक्त वडामा आकांक्षीहरु धेरै देखिएपछि सर्बसम्मत उम्मेदवार चयन कठिन मोडमा पुगेको छ । यद्यपी सहमतिको प्रयास जारी रहेको र सर्वसम्मत उम्मेदवार चयन गरिने मन्थली नगर कमिटिको दावी छ ।