काठमाडौँको किस्ट कलेजमा एमबीबीएस अध्ययनरत विद्यार्थी नै प्रवेश परीक्षामा परीक्षार्थी बनेको खुलेको छ ।
महानगरीय अपराध अनुसन्धान महाशाखाका अनुसार एमबीबीएस प्रथम र तेस्रो वर्षमा अध्ययरत विद्यार्थी नै नयाँ भर्नाका लागि लिइने प्रवेश परीक्षामा खेताला परीक्षार्थी बनेको अनुसन्धानबाट खुलेको हो ।
प्रवेश परीक्षामा नक्कली परीक्षार्थीको रुपमा पक्राउ परेकामध्ये अमर पण्डित र अनिकेत चौधरी एमबीबीएस प्रथम वर्षका विद्यार्थी हुन् । राम आशिष यादव चाहिँ एमबीबीएस तेस्रो वर्षका विद्यार्थी हुन् ।
प्रहरीले शुक्रबार एमबीबीएसको प्रवेश परीक्षा भइरहेका केन्द्रमा छापा हानेर पाँच जनालाई पक्राउ गरेको थियो । तीमध्ये एकजना विद्यार्थी र अर्का भारतीय नागरिक पनि छन् ।
नाम निकालिदिएकै २ लाखदेखि १८ लाखसम्म तिरेको खुलेको छ ।







