गृहमन्त्री बालकृष्ण खाँणले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भ्रमणको क्रममा आज भारत प्रस्थान गरेकाले देउवा स्वदेश नफर्किँदासम्म खाँणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो ।

आफ्नो अनुपस्थितिमा प्रधानमन्त्रीको दैनिक प्रशासनिक कार्य सम्हाल्ने गरी देउवाले सिफारिस गरे अनुसार गृहमन्त्री खाँणलाई जिम्मेवारी तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।