प्रधानमन्त्री शेरबहादुर देउवाले दिगो विकास र शान्तिको लागि विम्स्टेकसहित निजी साझेदारको आवश्यकता रहेको बताएका छन ।

श्रीलङ्कामा जारी बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को पाँचौं सम्मेलनमा भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले सो धारणा राखेका हुन ।

दिगो विकास लक्ष्यलाई पूरा गर्नुपर्ने धारणा राख्दै उनले भर्खरै मात्र अल्पविकसित देशबाट माथि उठेको देश नेपाललाई यो लक्ष्य महत्वपूर्ण भएको बताए ।

उनले बिमस्टेकलाई नयाँ प्रतिबद्धतासहित नयाँ जीवन दिनका लागि सबै सदस्य राष्ट्रहरु शक्तिलाई केन्द्रीकृत गर्न आग्रह गरे । प्रधानमन्त्री देउवाले बिमस्टेकको प्रक्रिया अगाडि बढाउनको लागि पहिलेजस्तै नेपाल प्रतिबद्ध रहेको धारणा दोहो-याए ।

उनले गौतम बुद्धको देश नेपालमा गौतम बुद्ध सर्किट निर्माण गरेर अग्रगामी र एकीकृत बिस्टेक बनाउन सकिने धारणा राख्दै भने, ‘हामीले बुद्धदर्शन (धर्म)लाई बलियो समन्वयात्मक शुत्रको रुपमा प्रर्वद्धन गर्नु आवश्यक छ ।’