चुनावी गठबन्धनलगायत विषयमा भोलि (मंगलबार) निर्णय गर्ने गरी काँग्रेस केन्द्रीय समितिको आजको बैठक सकिएको छ ।
कांग्रेसले चुनावी गठबन्धनलगायत विषयमा मंगलबार निर्णय गर्ने भएको हो ।
पार्टी प्रवक्ता प्रकाशशरण महतका अनुसार केन्द्रीय सदस्यहरूले बोल्ने क्रम आज सकिएको छ।
पार्टी कार्यालय सानेपामा जारी बैठक भोलि ३ बजे पुनः बस्नेगरी सकिएको काँग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए ।







