सत्तारूढ नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज सोमबार पनि बस्दैछ ।
बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा सानेपामा बस्ने तय भएको छ ।
गत शुक्रबारदेखि जारी बैठकमा आज टुंगिने भएकाले चुनावी गठबन्धनबारे निर्णय पनि आजै हुने सम्भावना छ ।
बैठकमा बोल्ने कांग्रेस केन्द्रीय सदस्यहरुले गठबन्धनको पक्ष-विपक्षमा धारणा राखेका छन् ।
कांग्रेसले संस्थागत रुपमा भन्दा पनि आवश्यकता अनुसार चुनावी गठबन्धनको निर्णय गर्नसक्ने बुझिएको छ । सबैभन्दा धेरै चासोको विषय बनेको चितवनमा गठबन्धन हुने नहुने विषयमा पनि निर्णय हुनसक्ने बुझिएको छ ।
कांग्रेसमा सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेलहरु संस्थागत गठबन्धनको पक्षमा छन् भने शेखर कोइराला पक्ष एक्लै चुनावमा जानुपर्ने अडानमा छन् ।








