संघीय सरकारको राजधानी रहेको काठमाडौं उपत्यकाको रूप पछिल्लो केही वर्षदेखि फेरिँदै गएको छ।
केही वर्षदेखि बन्न थालेका होटल तथा अपार्टमेन्टका ठूला र अग्ला संरचनाले उपत्यकाको रूप फेरिने थालेको हो । उपत्यकाको धेरै क्षेत्रमा बस्ती विस्तार हुँदा हरिया फाँट मासिएर आधुनिक शहरमा बदलिएको छ। शहर फैलिने क्रमसँगै अग्ला संरचना पनि फैलिँदै गएको छ।
अग्ला सरकारी भवन, सपिङ कम्प्लेक्स, कर्पोरेट अफिस र होटलहरू निर्माणाधीन छन् ।
तस्बिरहरू : न्युज एजेन्सी नेपाल
















