राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र भारतका लागि नेपालका आवासीय राजदूत पदमा नियुक्त डा शंकरप्रसाद शर्मालाई शुक्रबार शपथ गराएकी छन्।

शर्माले राष्ट्रपतिको कार्यालयमा आयोजित समारोहमा राजदूत पदको पद तथा गोपनीयताको शपथ लिए ।

उक्त अवसरमा परराष्ट्रमन्त्री डा। नारायण खड्का लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारी उपस्थित थिए।