पछिल्लो २४ घण्टामा देशभर थप ३८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
३ हजार ८५५ पीसीआर परीक्षणमा ३४ जना र १५२१ एन्टिजेन परीक्षणमा ४ जना गरी ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २६९ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन । हालसम्म् कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११९५१ पुगेको छ ।








