यातायात व्यवस्था विभागको सर्भरहरूमा विद्युतीय समस्या देखा परेपछि देशभरका यातायात कार्यालयको सेवा बन्द गरिएको छ।

यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालका अनुसार आज अपरान्ह ५ बजेदेखि सेवा बन्द गर्ने निर्णय गरिएको छ।

सर्भरहरूमा देखिएको समस्या समाधान भएपछि मात्रै यातायात कार्यालयहरूले सेवा दिन सुरू गर्ने उनले बताए।

यसबाट सेवाग्राहीलाई परेको असुविधाप्रति कार्यालयले क्षमा मागेको छ।

देशभरका यातायात कार्यालयको सेवा अनिश्चितकालका लागि बन्द