निर्वाचन आयोगले आगामी वर्ष हुने निर्वाचनका लागि आचारसंहिता तयार पारेको छ । उक्त आचारसंहिता बिहीबार नेपाल राजपत्रमा प्रकाशित भएको छ।

आचारसंहितामा सरकार, राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम र परीवेक्षकलगायतले पालना गर्नुपर्ने कुराहरू उल्लेख गरिएको छ।

आयोगले तयार पारेको आचार संहिता केही दिनपछि लागू हुनेछ।

आचारसंहितामा स्थानीय तहका जनप्रतिनिधिहरूले मनोनयन दर्ता गर्ने बेलासम्म बहाल रहेको पदबाट राजीनामा दिइसक्नु पर्ने उल्लेख गरिएको छ।

हेर्नुस् आचारसंहिताको पूर्णपाठ