प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एकतिसौं वार्षिक प्रतिवेदन’ पेश गर्ने सम्भावित कार्यसूची रहेको संघिय संसद सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभाको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण अवरुद्ध हुँदै आएको छ ।