शान्ति सुरक्षाको अवस्था समान्य भएपछि वीरेन्द्रनगरमा जारी निषेधाज्ञा हटाइएको छ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतले सूचना जारी गरेर वीरेन्द्रनगरका विभिन्न ठाउँमा जारी गरेको निषेधाज्ञा हटाइएको जानकारी दिएको हो।

संसदबाट एमसीसी अनुमोदन भएपछि सोमबार छ दल र दुई मोर्चाले आह्वान गरेको बन्दका कारण वीरेन्द्रनगर तनावग्रस्त बन्दा सोमबार र मंगलबार कर्फ्यू जारी गरिएको थियो। अवस्था सामान्य बन्दै गएपछि मंगलबार साँझ ७ बजेदेखि कर्फ्यू हटाएर वीरेन्द्रनगरमा निषेधाज्ञा जारी भएको थियो।

प्रशासनले शान्ति सुरक्षाको स्थिति समान्य अवस्थामा आएकाले बुधबार साँझ ६ बजेदेखि हटाइएको जनाएको छ।