प्रतिनिधि सभाको बैठक फागुन २२ गतेसम्मका लागि स्थगित भएको छ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूको विरोधकाबीच आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन मन्त्री दिलेन्द्रप्रसाद बडुले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेश गरेपछि सभामुखले फागुन २२ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन्।
अब फागुन २२ गते आइतबार दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्ने सभामुख अग्निप्रसाद सापकोटाले बताए ।








